नवलपरासीका हुरीपीडितको सेनाद्धारा उद्धार गरिदै

जेष्ठ १२, काठमडौ–नवलपरासीको देबचुली नगरपालिकाका हुरी पीडितको उद्धारमा नेपाली सेना जुटिरहेको छ ।
हावाहुरी र असिना पानीका कारण भत्किएका तथा विग्रिएका घरहरुको मर्मत र परिवारको सहयोगका लागि सेनाले आइतवारवाट काम गरिरहेको हो ।

जिल्लाको हात्तीखोरस्थित नेपाली सेनाको श्री नम्बर १ वन तथा पर्यावरण सुरक्षा गणका ३० जना सेना उद्धारमा खटिएका छन । देबचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठले २ दिन अघि सहयोगको लागि गरेको अनुरोध अनुसार आजवाट सेना उद्धारमा खटिएको इमेल खवर डटकमलाई वताउनु भयो ।

प्रमुख श्रेष्ठका अनुसार नगरको वडा ७ सितावासमा अहिले काम भइरहेको छ । छानो वनाउने, गारो लगाउने र आवश्यकत्ता अनुसार अन्य काम भइरहेको छ ।

यहि जेठ ७ र ८ गते राति आएको हुरीबतासले देबचुली नगरपालिकाको रामबास, मुढाबास, लक्ष्मीपुर, मुण्डे र विशालटार क्षेत्रका ५० घर पूर्णरुपमा क्षति भएको र ४०० घर आशिंक क्षति भएको नगर प्रमुखले वताउनु भयो ।