इन्स्टाग्रामबाट चोरीयो ४ करोड ९० लाख डाटा

जेठ ९, काठमाडौं — इन्स्टाग्रामबाट करिब ४ करोड ९० लाख डाटा चोरी भएको तथ्याङ्ग सार्वजनिक भएको छ । टेक क्रञ्चले एक रिपोर्ट जारी गर्दै ४ करोड ९० लाखको डाटा चोरी भएका छन् । रिपोर्टले दाबी गरे अनुसार प्रयोकर्ताको ह्याक भएका डाटामा फलोअर्सको संख्या, समग्र जानकारी, पब्लिक डाटा, प्रोफाइल पिक्चर, लोकेशन तथा पर्सनल कन्ट्याक्टको बारेमा जानकारी लिएको पुष्टि भएको छ ।
टेक क्रञ्चले दिएको जानकारीका अनुसार विभिन्न देशका प्रभावशाली व्यक्तिहरु नै पहिलो शिकार बनेका छन् ।