जेठ ९, काठमाडौं —नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले मिडिया काउन्सिल विधेयक सच्याउनु पर्ने बताएका छन् । एक विज्ञप्ति प्रकाशित गर्दै नेता गौतमले मिडिया काउन्सिल विधेयकप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
उक्त विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरुप बनाउनुपर्ने आवश्यकता रहेको उनले बताएका छन्। ’सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्या्दित र अनुशासित हुनुपर्दछ भन्ने विचारसँग म पूर्ण सहमत छु।’ उनले भनेका छन् ।