जेठ ८, काठमाडौं — विभिन्न माग राख्दै १४ दिनदेखि अनसनरत नर्स जिता बरालको माग पुरा गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई ध्यानाकर्षण गरेको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बिहीबार विज्ञप्ति जारी गरेर सरकारबाट नर्सले उठाएका माग सम्बोधन नहुनु दुस्खद भएको उल्लेख गरेका छन्।
्वैशाख २७ गतेदेखि अनसन बसेकी नर्स बरालको स्वास्थ्य अवस्था दिनानुदिन बिग्रदै गएको भन्दै कांग्रेसले नर्सले उठाएका माग पूरा गर्न सरकारलाई आग्रह गरेको हो ।