रञ्जित तामाङले स्वीकारे नेबिसंघको सह —संयोजक

जेठ ८, काठमाडौं — तत्कालिल अखिल (क्रान्तिकारी) अध्यक्ष रञ्जित तामाङले पार्टी एकतापछि पाएको जिम्मेवारी स्वीकार गरेका छन् ।

माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकतापछि विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सहसंयोजकमा तामाङलाई जिम्मेवारी दिएको थियो ।

उक्त जिम्मेवारीपाएपछि असन्तुष्ट बनेका तामाङले सहसंयोजको जिम्मेवारी नसम्हाल्ने बताउँदै आएका थिए अन्ततः बुधबार बिहान झापामा पत्रकार सम्मेलन गर्दै उक्त पद स्वीकार गरेका हुन् ।

‘एक संगठनको अध्यक्ष संयोजक बन्ने र अर्को समान संगठनको अध्यक्ष सो भन्दा फरक पदमा रहने भन्ने कुरो रहदैन’ उनले भने।