जेठ ८, काठमाडौं — पहिलो पटक सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली चुचुरोमा पुगेको छ । नापी विभागका अधिकारीहरू बुधबार बिहान तीन बजेतिर सगरमाथाको चुचुरोमा पुगेका हुन्।
प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की सगरमाथाको उचाइ नाप्न चुचुरोमा पुगेका हुन् ।
सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ समुन्द्र सतहदेखि ८ हजार ८ सय ४८ मिटर भएको बताएको थियो ।