जेठ ८, काठमाडौं — प्रहरीको गोली लागेर घाइते भएका विप्लव कार्यकर्ताको ज्यान गएको छ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो । षडानन्द नगरपालिका–२, कुदाककाउलेका ३२ वर्षीय घिमिरेको तिघ्रामा गोली लागेको थियो ।
प्रहरीले मुठभेडका नाममा कार्यकर्तालाई नियन्त्रणमा लिएर मारेको विप्लव समूहको आरोप छ ।