सात देशमा राजदूत पद रित्त

जेठ ७, काठमाडौं — कार्यकाल सकिएका र फिर्ता बोलाइएका गरी सात देशमा सरकारले राजदूत नियुक्त गरेको छैन ।

सरकारले सबै मिसनमा राजदूतको पदावधि सकिनु भन्दा तीन महिना पहिल्यै राजदूत सिफारिस गर्ने निदेर्शित तयार गरेको छ ।

कार्यान्वयनमा समेत ल्याइसकेको निर्दे्शिका अनुसार सरकारले राजदूत नियुक्त गरेको छैन । अमेरिकास्थित राजदूत डा. अर्जुन कार्कीको पदावधि सकिए पनि अर्को व्यवस्था नहुन्जेल कार्यावधि थपिएको छ ।

अमेरिकाबाहेक रिक्त ६ देशमा राजदूत नियुक्त भएका छैनन् । थाइल्यान्डले प्रस्तावित नेपाली राजदूत गणेश ढकालको एग्रिमो नपठाएका कारण सरकारले राजदूत खगनाथ अधिकारीलाई अर्को व्यवस्था नहुन्जेल कार्यावधि बढाएको छ ।