जेठ ६, काठमाडौं — राजधानीको टोखा नगरपालिकामा सोमबार बिहान गोली चलेको छ । ३३ वर्षीय विष्णु तामाङलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको प्रहरीले जनाएको छ ।
अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई हतियार देखाएपछि गोली चलाउनबाध्य भएको प्रहरीले जनाएको छ।घुँडामूनी गोली लागेको तामाङको हाल वीर अस्पतालमा उपचार भइरहेको छ। तामाङ, पछिल्लो समय ७ वटा ठूला चोरी काण्डमा मुछिएको प्रहरीको आरोप छ ।