मोटरसाइकलको पछाडि बस्नेले पनि सुरक्षाका लागि लाई पनि हेल्मेट अनिवार्य लगाउनु पर्ने

जेठ ६, काठमाडौं — अब मोटरसाइकल चालकको पछाडि बस्नेले पनि अनिबार्य हेल्मेट लगाउनु पर्ने भएको छ । बग्गीखानास्थित टा«फिक प्रहरी महाशाखाले महाशाखा कार्यालयमा आइतबार भएको पत्रकार सम्मेलनमा महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले उपत्यकाभित्रका सवारी दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलचालकको पछाडि बस्ने यात्रु धेरै रहेकाले नयाँ नियम सुरु गर्न लागेको बताए ।
धेरै यात्रुहरु मोटरसाइकलमा यात्रा गर्ने हुनाले पनि सुरक्षाका लागि हेल्मेट अनिवार्य गरेको महाशाखाले बताएको छ ।