जेठ ५,काठमाडौं— आज देशको पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको असरले देशभरीको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी पर्न सक्ने सम्झावना रहेको मौसम विभागले जनाएको छ । ।
यस्तै अहिले सफा रहेको काठमाडौं उपत्यकासहित मध्य र पूर्वको पहाडी क्षेत्रको मौसम पनि दिउँसोपछि बदली भई बेलुकीतिर मेघ गर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।