सम्झनामा मदन, आश्रित — फोटोफिचर

जेठ ३, काठमाडौं — तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गामा जीप दुर्घटनामा परि निधन भएको आज २६ बर्ष पुरा भएको छ । साथै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जन्मिएको आज एक वर्ष पूरा भएको छ ।

यसै अवसरमा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी कार्यलय बल्खुमा एक बिशेष कार्यक्रममका बिच मदन आश्रितलाई सम्झदै २६ औं स्मृति दिवस र पार्टी दिवस एकसाथ मनाएको छ ।

कार्यक्रममा पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् भने कार्यकर्ताहरुको बाक्लो उपस्थिीति रह्यो ।

फोटोफिचर —