बैशाख २, काठमाडौ–प्रदेश नं ५ को बजेट अधिवेशन विहिवारवाट सुरु भएको छ । प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा प्रदेशसभा सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन ।
बैठकमा वोल्दै नेकपाका सांसद कृष्ण ध्वज खड्काले प्रदेश नं ५ लाई नमुना प्रदेशको रुपमा विकास गर्ने कार्ययोजना सहितको बजेट ल्याउनुपर्ने वताए । उनले सत्ता पक्ष र विपक्ष नभनी एकतावद्ध भएर विकासमा अगाडी बढ्नु पर्ने सुझाव दिए ।
कांग्रेस सांसद डिल्ली बहादुर चौधरीले ग्रामिण क्षेत्रमा बसोवास गर्ने जनताको आधारभूत आवश्यक्ता पिउने पानी, सडक, सिंचाईलाई प्रार्थमिकतामा राखेर नीति तथा कार्यक्रम र वजेट ल्याउनु पर्ने धाराणा व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य लगायत प्रदेशलाई विकास निर्माण मार्फत वलियो वनाउन नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल नभनेर सरकारलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
समाजवादी पार्टीका सांसद सहषराम यादवले कृषि पेशा प्रति आकर्षित गर्ने नीति कार्यक्रम ल्याउन, सिंचाई, मलखाद, बिऊ बिजनको प्रवन्ध गर्ने गरि वजेट निर्माण गर्न जोड दिए ।
त्यसै गरि वैठकमा राजपा सांसद कल्पना पान्डेले प्रदेश सरकार अन्तर्गत महिलाहरुका समस्या राख्ने एउटा छुट्टै संरचना बनाउन सुझाव दिइन् । साथै लुम्बिनी भ्रमण बर्षको वजेटमा अनियमीतता भएकोे भन्ने समाचारहरु सार्वजनिक भएको विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।
राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले प्रदेशको स्थायी राजधानी र नामाकरणको टुंगो लगाउनु पर्नेमा जोड दिदै पछाडी परेका र विकट जिल्लालाई लक्षीत गरी बजेट ल्याउन सुझाव दिइन् ।
बैठकको शुरुमै सभामुख पूर्ण बहादुर घर्तीले प्रदेश प्रमुख उमाकान्त झाबाट बजेट अधिवन आह्वान सम्वन्धि पत्र पढेर सुनाएका थिए । त्यसैगरि प्रदेशसभाबाट पारित भएका विधेयकहरु प्रदेश प्रमुखबाट प्रमाणिकरण भएको पत्र पनि पढेर सुनाएका थिए ।
प्रदेशसभाको अर्को बैठक जेठ ९ गते दिउसो १ बजे बस्न गरी स्थगित भएको छ ।