जेठ २, काठमाडौं — एनआईसी एशिया बैंक र अल्का अस्पतालमा बिच ग्राहक उपचार सम्झौता भएको छ ।
बैंकका ग्राहकले अल्का अस्पतालमा उपचार गराउदा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र अल्का अस्पतालको तर्फबाट अस्पतालका कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।
बैंकका ग्राहकले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत उपचार शुल्क भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् ।