जेठ १, काठमाडौं — कामीरिता शेर्पाले २३ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले बुधबार बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरैपटक सगरमाथाको चुचुरोमा पुग्ने विश्व कीर्तिमान राखेका हुन् ।
२३ औं पटक सगरमाथाको सफल आरोहण गरेर उनले आफ्नै कीर्तिमान तोडेका छन् । उनले यसअघि पनि २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरिसकेका थिए ।
कामीरिता शेपाले २३ औं पटक सगरमाथा आरोहण गदैैं राखे विश्व कीर्तिमान
