जेठ १, काठमाडौं — आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने भएको छ । सरकारले आगामी आवमा कर्मचारीको तलब अधिकतम २५ प्रतिशतसम्म र वृद्धभत्ता एक हजार थप्ने तयारी गरेको हो ।
आगामी आर्थिक वर्षमा कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म वृद्धि गर्ने र सामाजिक सुरक्षा भत्ता दोब्बर बढाउने तयारी सरकारले थालेको हो । चुनावी घोषणापत्रमा गरिएका प्रतिबद्धता पुरा गर्न र कर्मचारीको मनोबल बढाउन लागिएको हो ।
आगामी बजेटमा कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने
