जेठ १, काठमाडौं — भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदैछन् । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा गत वैशाख २६ गते प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका थिए। प्रधानमन्त्री ओली अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओली आज स्वदेश फर्कदैं
