कैलालीको गोदावरी स्थित चुरेक्षेत्रमा भीषण आगलागी

वैशाख, ३१ कैलाली– कैलालीको गोदावरी स्थित चुरेक्षेत्रमा भीषण आगलागी भएको छ । आगलागीका कारण दुईवटा सामुदायिक वन र राष्ट्रिय वन जलेर पुरै सखाप भएको छ ।

गोदावरी ४ चुरेक्षेत्रमा यसरी वनमा भीषण डढेलो फैलिएको १० वर्षकै पहिलो घटना भएको वडा सदस्य शेरबहादुर घर्तिमगरले  सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीदेखि २२ किलोमिटर दूरीमा रहेको गोदावरी पुल पार गरेपछि उकालो सुरु हुने यस भागबाट खानडाँडासम्मको २३ किलोमिटर क्षेत्र डढेलोको प्रभाव फैलिएको छ ।

वनक्षेत्रमा लागेको शनिबारको डढेलो चारैतिर फैलिएपछि यस असपासको दुई सयभन्दा बढी परिवार प्रभावित भएका छन् । गोदावरी–४ मा १२ वटा टोल छन् । डढेलोले खानेपानीको पाइप समेत जलेपछि बस्तीमा खानेपानीको अभाव भएको छ । डढेलेको धुवाका कारण वस्तीमा समेत असर गरेको छ ।

डढेलो चोरी शिकारी गर्नेले लगाएको हुन सक्ने अनुमान गरिएको छ सेती सामुदायिक वनका पाँच ब्लकमध्ये चार ब्लक आगोले सखाप भएको छ । डढेलो जनजागरण सामुदायिक वन र राष्ट्रिय वनमा पनि फैलिएको छ ।

ठुलो घना जंगल भएकाले वनयजन्तु चितुवा, बँदेलको, हरिण, मृग, रतुवालगायत जंगली जनावर रहने गरेको थियो । सबैतिर भीषण आगजनी भएकाले आगो निभाउने प्रयास सफल हुन नसकेको स्थानीयले बताएका छन् ।