१६ लाख रुपैयाँ भारतीय नोट सहित ५ जना ठमेलबाट पक्राउ

वैशाख, ३० काठमाडौं – प्रहरीले १६ लाख रुपैयाँ भारतीय नोट सहित ५ जनालाई ठमेलबाट पक्राउ गरेको छ ।

प्रतिवन्धित ५ सय र १ हजार दरका १६ लाख बराबरका नोट सहित ठमेलको व्लु मुन होटलबाट शम्भु परियार, सन्तोष थापा मगर, राजेन्द्र घिसिङ, धनध्वज तामाङ र रामविक्रम खड्कालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

पक्राउ गरिएका पाँचै जनालाई राजश्व अनुसन्धान विभागमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए ।