बैशाख, ३० काठमाडौं — गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माणकार्य रोकिएको छ । निर्माण पक्षले भुक्तानी नपाएपछि कार्य अगाडि बढ्न नसकेको हो । पर्यटन मन्त्रालयले भने आवश्यक रकम सोमबार सम्म रकमान्तर हुने बताएको छ ।
निर्माणपक्ष नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सनलाई १० करोडभन्दा बढी रकम दिन बाँकी भएपछि काम प्रभावित भएको छ ।
भुक्तानी नपाएपछि रोकियो गौतमबुद्ध विमानस्थलको निर्माण कार्य
