बैशाख २९, काठमाडौं — स्वास्थलाई हानीकारक मानिने सूर्तिजन्य पदार्थको प्रहरीद्धारा प्रयोगमा नियन्त्रण अभियान थालिएको छ । समुदाय—प्रहरी साझेदारी आवधारणा अन्तर्गत उक्त अभियानलाई निजामती कर्मचारी अस्पतालमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुबेदी र समुदायिक सेवा केन्द्र ३१ का अध्यक्ष प्रा.डा. बासुदेव त्रिपाठीले शुरुवात गरे ।
आयोजित कार्यक्रममा जनप्रतिनिधिहरु ,विद्यार्थीहरु, तथा प्रहरी कर्मचारीहरुको सहभागिता रहेका थियो ।