बैशाख २९, काठमाडौ– हत्या गरी फरार रहेका एक जना व्याक्ति पक्राउ परेका छन ।
काभ्रेपलान्चोक माहाभारत गाउँपालिका–२ का ईन्द्र बहादुर मोक्तानलाई ९ वर्षपछि केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुरवाट शुक्रबार पक्राउ गरेको हो ।
२०६७ असार १ गते काभ्रेपलान्चोक गोकुले भन्ने स्थानमा दिर्घ बहादुर गोलेलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको कर्तव्य ज्यान मुद्धामा फरार ईन्द्र बहादुरलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक धुलिखेल पठाइएको सो ब्यूरोले जनाएको छ ।