अजोड इन्स्योरेन्सले ग्राहकका लागि ३६५ दिन नै सेवा दिने

बैशाख २९, काठमाडौ–सेवाग्राहीको व्यस्त समयलाई ध्यान दिदै अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो ग्राहकका लागि ३६५ दिन नै बीमा सेवा दिने वताएको छ ।

बीमा कम्पनीहरुमा यस्तो सेवा प्रदान गर्ने अजोड इन्स्यारेन्स पहिलो कम्पनी रहेको छ ।

ग्राहकको सजिलोका लागि बिदाका दिन समेत बीमालेख जारी गर्ने, बीमाशुल्क भुक्तानी गर्ने, दाबी दर्ता गर्ने तथा अन्य आवश्यक बीमा सेवा दिने कम्पनीले जनाएको छ ।