बैशाष २९, झापा – कनकाई नगरपालिकाको माइ पुल नजिकै भेटिएको शंकास्पद वस्तु सेनाको बम डिस्पोज टोलीले डिस्पोज गरेको छ। पुलको पुर्वी भागको उत्तरपट्टी आइतबार बिहान भेटिएको उक्त वस्तु नेपाली सेनाको चार आलीबाट खटिएको टोलीले डिस्पोज गरेको हो।
पुल नजिकै शंकास्पद वस्तु भेटिएपछि बिहान ६ बजेदेखि अवरुद्ध यातायात पनि सुचारु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवाश खड्काले बताए।
वस्तु राखिएको ठाउँ नजिकै गोर्खा जनमुक्ति मोर्चा लेखिएको पर्चा भेटिएकोले उक्त समूहले नै बम राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
स्रोतले उक्त वस्तु टाइम बम बताएपनि सेनाको डिस्पोजल टोलीले भने केही बताएको छैन।
Source : Nagarik news