अलोकतान्त्रिक क्रियाकलापको भण्डाफोर गर्छौ– नेता प्रकाशमान सिंह

 

वैशाख २८, काठमाडौ— नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले गरेका अलोकतान्त्रिक क्रियाकलापको भण्डाफोर गर्ने वताएका छन ।

रामेछापको सुनापति एक गुन्सीमा शनिवार एक शिवालय मन्दिरको उद्घाटन गर्न पुगेका नेता सिंहले जागरण अभियान मार्फत भण्डाफोर गर्ने वताएका हुन ।

उनले प्रधानमन्त्री र मन्त्रीहरू असंवैधानिक र असंसदीय भाषाको प्रयोग गर्दै हिडेको, आम जनताको भावना विपरित काम गर्न उद्यत भएको आरोप लगाएका छन ।

जनताको हक अधिकारका लागि लड्दै आएको काग्रेसले वामपन्थीहरूले दुई तिहाईको दम्भमा मनलाग्दी गरेको टुलुटुलु हेरेर नबस्ने वताउदै नेता सिंहले सरकारका अलोकतान्त्रिक क्रियाकलापको जागरण अभियानमार्फत नागरिकसामु भण्डाफोर गर्ने बताए ।