बैशाख २७, काठमाडौं – अस्पतालमा शिशु छाडेको आरोपमा पक्राउ परेकी पूर्व सभासद् गायत्री साह अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् ।
स्वास्थ्यमा समस्या आएपछि साहलाई शुक्रबार बिहान पाटन हस्पिटल लगिएको हो । साहलाई अस्पतालको आकश्मिक कक्षमा राखेर उपचार थालिएको छ।
गत आइतबार पक्राउ परेकी साहलाई महानगरीय प्रहरी प्रभाग सातदोबाटोमा राखिएको थियो ।
बच्चा काण्डमा मुछिएकी पूर्व सभासद गायत्री साह अस्पताल भर्ना
