बैशाख २७, काठमाडौं – प्रहरीले रुकुम पश्चिममा दुई राउन्ड हवाई फायर गरेको छ । जिल्लाको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
शर्मालाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी समेत घाइते भएका छन् ।
विप्लव कार्यकर्ता पक्राउ गर्न रुकुम पश्चिममा हवाई फायर, एक प्रहरी घाइते
