आगामी बजेटले पूँजी निर्माणको बलियो आधार तयार गर्न र आर्थिक स्थायित्व लागि जोड दिनुपर्ने

बैशाष २६, काठमाडौँ – सरकारको नीति तथा कार्यक्रमले आगामी वर्षको वजेटलाई निर्धारण गर्दछ । तर यो वर्षको बजेटको मुख्य आकर्षण के मा होला ? सबै सबैको आ –आफ्नै अनुमान, माग र चाहाना सँगै तर्क वितर्क आउलान् । कसैले दिगोपन, सुशासन, पूर्वाधार कुन क्षेत्रलाई आफ्नो बिषय बनाउलान् , कसैले कृषि, सेवा, उद्योग पूर्वाधार विकासतर्फ ।

या कसैले यातायात, सञ्चार र ऊर्जा क्षेत्रमा कस्तो रणनीति बनाउने भन्ने विषयमा । आर्थिक गतिविधिसम्बन्धीका विभिन्न खाले विचार विषयवस्तु ६१ बुँदामा सांसद, अर्थ्विज्ञ, उद्योगी, व्यवसायी र पत्रकारले फरक अनुभूति हुने गरी बजेटका विषयमा लिखितम सुझाव पेश भयो ।

प्रतिनिधिसभा, अर्थ समितिद्वारा आज राजधानीमा आयोजित बजेटको पूर्व तयारी विषयको छलफल तथा अन्तरक्रियामा लोकसेवा आयोगको जस्तै वस्तुगत प्रश्न र यसको उत्तर आयो । अघिपछि बजेटका विषयमा भएका अन्तरक्रियाभा भन्दा वस्तुगत रुपमा विकल्पसहित लिखितै सुझाव सङ्कलन भयो, अर्थ समितको कार्यक्रममा ।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्क्षाका बीच आउन लागेको बजेटले स्वदेशी उत्पादनमा जोड दिँने गरी स्रोत साधनको भरपुर उपयोगका सम्भाव्यताका आधारमा बजेट अउनुपर्ने सुझाव आएको बताए ।

यसअघि सातै प्रदेश र मुख्य व्यापारिक शहरमा पुगेर सुझाव सङ्कलन गरी सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाएकोे दोस्रो दिन आज अर्थ समितिले सङ्घअन्तर्गत केन्द्रीयस्तरमा छलफल आयोजना गरी लिखित र मौखिक सुझाव सङ्कलन गरेको हो ।

आएका सुझावलाई एकीकृत गरी सरकारलाई पूर्ण सुझावसहितको प्रतिवेदन पेश गर्ने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । हालै सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रममा पछिल्ला तीन वर्षका आर्थिक वृद्धिले गति लिएकाले दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार भएको तथा मुलुकभित्र पूँजी निर्माणको बलियो आधार तयार हुँदै गएको उल्लेख छ

छलफलमा सहभागी नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले निर्यात रु ६१ अर्ब र आयात ९४१ अर्ब तथा व्यापार घाटा ८८७ अर्ब रहेको अवस्थामा कसरी आर्थिक स्थायित्व बनाउन सकिन्छ भन्नेमा ध्यान जानुपर्ने बताए ।