वैशाख२४, काठमाडौं – सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय राजमार्गका उपयुक्त खण्डहरूलाई आपतकालीन विमान उडान र अवतरण गर्न सक्ने धावनमार्गका रूपमा विस्तार गर्ने भएको छ ।
यसले पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्चअधिकारीहरुलाई चकित बनाएको छ । उनीहरुका अनुसार यो योजना कसरी, के उद्देश्यसहित र के(का आधारमा आयो होला भन्ने अचम्म लागेको बताउछन् ।
व्यवसायिक उडान भर्ने विमानलाई राजमार्गमा अवतरण गर्ने हाई–वे स्ट्रिप अभ्यास विश्वमा कतै छैन । यद्यपि, आपतकालीन अवस्थामा भने विमानहरु राजमार्गमा अवतरण गरिएका उदाहरणहरु छैनन् ।
पूर्वसचिव तथा तत्कालीन हवाइ विभागका पूर्वमहानिर्देशक यज्ञप्रसाद गौतम राजमार्गमा व्यवसायिक विमान अवतरण गराउन सम्भव नभएको बताए ।
गौतमले विमान अवतरणको विषय सरकारले नीति तथा कार्यक्रमममा ल्याएजस्तो हलुका ढंगको नहुने बताए । अवतरणका लागि भनेर तोकेर निर्माण गरिने सडकलाई आपतकालमै खाली गराउन कठिन हुने उनले बताए ।
सडक विभागका अधिकारीहरु वन्दै गरेको वाटोहरु सेनाले त्यस्तो धावनमार्गको निर्माण गर्ने प्रस्ताव गरेको हुन सक्ने बताउँछन् । तर, प्राधिकरणका अधिकारी भने निजगढ क्षेत्रका उडिरहेको विमानले आपतकालीन अवस्थामा काठमाडौं आएर अवतरण गर्न सक्ने तर्क गर्छन् ।
अन्तर्राष्ट्रिय प्रचलन हेर्ने हो भने दोस्रो विश्वयुद्धको अन्त्यतिर जर्मनीमा यसको प्रयोग पहिलोपटक भएको पाईन्छ । दोस्रो विश्वयुद्धपछि सोभियत युनियन र संयुक्त राज्य अमेरिकाबीच शीतयुद्धका बखत युरापका विभिन्न मुलुकमा हाइवे स्ट्रिपको अभ्यास भएको थियो ।
हालसम्म सिङ्गापुर, उत्तर कोरिया, ताइवान, स्विडेन, फिनल्यान्ड, बुल्गेरिया, स्विजरल्यान्ड, पोल्यान्ड मात्र लगाएत भारत, श्रीलङ्का र पाकिस्तानमा पनि यस्तो प्रविधिको विकास भइसकेको छ ।
भारतले उत्तर प्रदेशको यमुना एक्सप्रेस–वेमा सन २०१५ मा सफल परीक्षण गरिसकेको छ । सन २०१६ मा भारतका यातायात मन्त्री नीतिन गड्करीले अब यो प्रविधिलाई व्यावसायिक स्तरमा अन्यत्र पनि विस्तार गरिने बताएका थिए ।
श्रीलङ्कामा सन २००९मा गृहयुद्ध सकिनु अघि तामिल विद्रोहीले यसको प्रयोग गरेका थिए ।