वैशाख२३, काठमाडौं – मुख्यमन्त्री शेरधन राईको आश्वासनपछि विराटनगर बन्द फिर्ता भएको छ ।
प्रदेश १ को राजधानी विराटनगरमा नै रहने र कार्यपालिका, व्यवस्थापिकाको संरचना पनि विराटनगर भन्दा बाहिर नलैजाने मुख्यमन्त्री राई को आश्वासनपछि अनिश्तिकालिन भनिएको विराटनगर बन्द फिर्ता भएको गरिएको हो ।
प्रदेश १ को स्थायी राजधानी विराटनगरलाई बनाउने भन्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाको संसदीय दलको दुईतिहाई वहुमतले हिजैमात्र आईतबार प्रदेश १ को राजधानी विराटनगरमा राख्ने निर्णय गर्दै, यसको कार्यपालिका र व्यवस्थापिकाको संरचना विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासको क्षेत्रमा राख्ने निर्णय गरेको थियो ।
फलस्वरुप विरोधमा आज सोमबार देखि अनिश्चिकालिन विराटनगर वन्दको आह्वान गरिएको थियो । मुख्यमन्त्री र प्रदेश सांसदहरुको प्रतिवद्धतापछि सोमबार दिउँसो ४ बजेपछि बन्द फिर्ता गर्ने सहमति भएको महानगरपालिकाका मेयर भिम पराजुलीले बताए ।
साथै उनले वन्द फिर्ताको अवसरमा आजै साँझ दिपावलीका लागि विराटनगरबासीलाई आहृवान गरेका छन् ।