बैशाख, २२ काठमाडौं — पूर्व सांसद गायत्री साह दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो बच्चालाई स्वीकार गर्न नमानेको त्यसमाथि अस्पतालमा होहल्ला गरेको भन्दै मेडिसिटी अस्पतालले उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको छ ।
आइतबार दिउँसो ४ बजे साह र उनका पति सन्तोषलाई प्रहरीले पक्राउ गरेको हो । शारीरिक विकास कम भएको बच्चा जन्मिएको भन्दै उनले मेडिसिटी अस्पतालमा बच्चा छोडेकी छन् । अस्पतालले भने लापरबाही नगरेको भन्दै सो बच्चा साहले नै जिम्मा लिनुपर्ने बताएको छ ।