अमेरिकी ग्लोवल एवार्ड नेपालको महिला सहयात्रा माईक्रोफाईनान्सलाई

वैशाख २१, काठमाडौं – संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको महिला सहयात्रा माईक्रोफाईनान्सलाई महिला ससत्तिकरणका लागि प्रिन्सेसज साविक विन्क ईब्राहिम अल खालिफा ग्लोवल एवार्र्डले सम्मान गरिएको छ ।

गत मार्च महिनाकोे १९ तारिखमा अमेरिकाको न्यूयोर्कमा आयोजित कार्यक्रमका विच नीजि क्षेत्रको विजेतालाई दिइने सम्मान तथा उक्त पुरस्कार राजकुमारी साविका विन्त महिला सहयात्रा माईक्रोफाईनान्सले प्राप्त गरेको हो ।

उक्त पुरस्कारको एक लाख डलर बराबरको धनरासी सहितको चेक र प्रमाणपत्र महिला सहयात्रा माईक्रोफाईनान्सले प्राप्त रहेको छ ।
सार्वजनिक संस्था, नीजि संस्था, गैरसरकारी र स्वतन्त्र गरी चारवटा विधामा विभिन्न मुलुकका १ हजार ८ सय ८७ संस्थालाई उछिन्दै निजि क्षेत्रको तर्फबाट महिला सहयात्रा माईक्रोफाईनान्सले प्राप्त गरेको हो ।

नेपालको अति दुर दराज र अति विपन्न क्षेत्रका २८ हजार महिलाका विचमा लघुवित्त सेवाको माध्यमबाट समुदायको आर्थिक तथा सामाजिक विकास कार्यमा विशिष्ट योगदान गरेबापत संयुक्त राष्टसंघको ६३को महासभाले संस्थालाई सम्मानित गरेको हो । उक्त पुरस्कार महिला सहयात्रा माईक्रोफाईनान्सकी प्रमुख कार्यकारि अधिकृत सुमित्रा मानन्धरले ग्रहण गरेकी हुन् ।

९३ जना महिला सदस्यहरुबाट सुरु गरिएको संस्थाले अहिले २६ वटा शाखा मध्ये २१ वटाले विभिन्न क्षेत्रमा लघुवित्तका साथै सिपमुलक विकासका तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।