ललितपुरको पुल्चोकमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यू

वैशाख २१, काठमाडौं – युवाहरुको दुई समूहबीच ग्याङ फाइट हुँदा एक जनाले गुमाएका छन् ।

ललितपुरको पुल्चोकमा केटीको विषयलाई लिएर युवाहरुको दुई समूहबीच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको हो । घटनामा संलग्न कृष्ण तामाङ सहित ६ जना प्रहरीको नियन्त्रणमा छन् ।

शुक्रबार साँझ ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित सुमेरु अस्पताल नजिकको गल्लीमा ग्याङ फाइट भएको थियो । १२र१४ जना युवाहरुको समूहमा भएको झडपमा २० वर्षका अन्सल शाक्यको मृत्यु भएको हो ।

झडपमा घाइते भएका उनलाई ६ः४५ बजे सुमेरु सिटी अस्पताल पुर्याइएको थियो । तर, ७ बजे चिकित्सकले मृत घोषित गरेका छन् ।
उनको टाउको, छाति लगायतका स्थानमा धारिलो हतियार प्रहार गर्दा गम्भीर चोट लागेको थियो ।