वैशाख २१, काठमाडौं – आगामी चार वर्ष्भित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । शुक्रबारको सरकारको आगामी आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रम मार्फत चार वर्षपछि दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको हो ।
संघीय सरकारको उच्च सदन राष्ट्रियसभा र प्रतिनिधि सभालाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने अपेक्षा गरेकी हुन् । ‘फराकिलो आधारसहित उच्च आर्थिक वृद्धिदर हासिल गर्न स्रोत र साधनको दक्षतापूर्ण प्रयोग गरिने र यसले राष्ट्रिय बचत क्षमता अभिवृद्धि गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
लगातार तीन वर्ष ६ प्रतिशतभन्दा माथि आर्थिक वृद्धि भएकाले अब दीगो आर्थिक वृद्धि हासिल गर्नेतर्फ सरकार अग्रसर रहेको छ,’ नीति तथा कार्यक्रमा भनिएको छ। यस वर्ष सरकारका उपलब्धिहरू उत्साहबद्र्धक छन्। हरेक दिन एक कदम अगाडि बढ्ने सरकारको दृष्टिकोण र शैलीका कारण सम्पूर्ण नेपालमा उत्साहको संचार भएको छ। समृद्धिको इतिहास चच्ने आधार वर्ष बनाउन सरकार सफल भएको राष्ट्रपतिले उल्लेख गरेकी छिन् ।
सरकारले आगामी आर्थिक वर्षमा पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण कार्य सुरु गर्ने, आगामी ४ वर्ष्भित्र मध्यपहाडी(पुष्पलाल) लोकमार्ग, काठमाडौं–निजगढ दु्रतमार्ग र हुलाकी राजमार्ग, सिक्टा सिँचाइको निर्माण सम्पन्न गर्ने नीति सरकारको छ ।
आगामी ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी र मेलम्ची खानेपानी आयोजना आगामी आवका सम्पन्न गर्ने र तामाकोसीबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने बताइएको छ । भेरी–बबई डाइभर्सन आयोजनको निर्माण कार्य दुई वर्ष्भित्र सम्पन्न गर्ने आगामी आर्थिक वर्षम एक हजार मेगावाट विद्युत प्रशारण लाइनमा थप्ने योजनासमेत सरकारको नीति तथा कार्यक्रममा छ ।
जोमसोम–कोरला सडक बाह्रै महिना सवारी साधन गर्नेगरी स्तरोन्नति गर्ने र कोसी तथा कर्णाली करिडोरको ट्रयाक खोलिसक्ने, पूर्वपश्चिम विद्युतीय रेलमार्गको निर्माण सुरु गर्ने, हुम्ला र डोल्पामा आगामी आर्थिक वर्षभित्र राष्ट्रिय सडक सञ्जाल निर्माण हुने भएको छ । प्रत्येक स्थानीय तहका केन्द्रमा ४ वर्ष्भित्र कालोपत्रे सडक पु(याउने, काठमाडौंलाई भारत र चिनियाँ रेलले जोड्ने सरकारको नीति तथा कार्यक्रममा मार्फत घोषणा गरिएको छ । अबको दुई वर्षमा यी रेलमार्गको निर्माण सुरु गर्ने सरकारको लक्ष्य छ ।
सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन नेपाल भ्रमण वर्ष अभियान संचालन गर्नुका साथै रात्रिकालीन काठमाडौं उपत्यका सम्पदा यात्रा कार्यक्रम संचालन गर्ने, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलाई २४ सै घण्टा संचालन गर्नुका साथै बुटिक अन्तर्रा्ष्ट्रिय विमान स्थलको रुपमा विकास गरिने छ भने उपत्यकाको नजिकै आन्तरिक विमानस्थल निर्माण गर्ने सरकारी योजना छ।
गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षको सुरुबाटै र पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल आगामी दुई वर्षपछि संचालनमा ल्याउने सरकारको योजना, कृषियोग्य भूमीको ९० प्रतिशत जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने पूर्वाधार तयार पार्ने, सुनकोशी मरिन डाइभर्सनको निर्माण कार्य आगामी आवमा सुरु गरिने, सरकारको घोषणा नीति तथा कार्यक्रममा छ ।