वैशाख २१, काठमाडौं – इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा कोलकाता नाइटराइडर्सको जीत हात लागेको छ ।
शुक्रबार राति मोहालीमा भएको खेलमा कोलकाता नाइटराइडर्सले किंग्स इलाभेन पन्जाबलाई ७ विकेटले पराजित गरेको हो ।
टस हारेर पहिले व्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । कोलकाताले १८ ओभरमा ३ विकेटको क्षतिमा १८५ रन बनाउँदै जित हासिल र्गयो ।
शुभमन गिल हिरोले कोलकाताको पक्षमा जित हासिल गरे । ४९ बल सामना गरेका उनले ५ चौका र २ छक्काको मद्दतमा नटआउट ६५ रन बनाएका थिए । आईपीएलको खेलमा उनको यो तेस्रो अर्धशतक हो । आईपीएल क्रिकेटमा उनले पहिलो पटक उनले म्यान अफ द म्याचको पुरस्कार पनि जिते ।
यो जितसँगै कोलकाता १२ अंकसहित तालिकाको पाँचौ स्थानमा पुगेको छ । अब कोलकाताको अन्तिम प्रतिस्पर्धा आइतबार मुम्बई इन्डियन्ससँग हुनेछ । मुम्बईलाई हराउन सके कोलकाता अन्तिम चरणमा समावेश हुनेछ ।