राष्ट्रपति भण्डारीद्धारा आज सरकारी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

बैशाख, २० काठमाडौं – सरकारले आज आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले वाचन गर्ने्छिन् नीति तथा कार्यक्रमका आधारमा नै सरकारले आर्थिक वर्ष २०७६र०७७ को बजेट प्रस्तुत गर्नेछ । संविधानले नै जेठ १५ गते वजेट प्रस्तुत गर्नुपर्ने वाध्यकारी व्यवस्था गरेपछि केही वर्षदेखि यही दिन वजेट प्रस्तुत हुँदै आएको छ ।