शक्तिशाली चक्रवातको सम्भावना, सचेत रहन मौषमबिदको आग्रह

बैशाख, १९ काठमाडौं – दैनिकसो हुरीबतास र हावाहुरी आइरहेका बेला केहिदिन सम्म पनि मौसममा गडबढी हुन सक्ने सम्भावना रहेको मौषमबिदहरुले बताएका छन् ।

बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले देशको हिमाली भू– भागमा भारी हिमपात तथा पूर्वी र मध्यभागका केही स्थानका हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विज्ञप्ति जारी गर्दै बङ्गालको खाडीको दक्षिण पूर्वी भागमा बनेको शक्तिशाली चक्रवात, फानी, विस्तारै उत्तर–पश्चिम दिशातर्फ अगाडि बढेकाले यसको ठूलो प्रभाव नपरे पनि हिमाली भू–भागमा भारी हिमपात र पूर्वी तथा मध्यका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएकाले मौसमविद्ले सचेत रहन आग्रह गरेका हुन् ।