नेपाल सरकारलाई बिपक्षी बनाएर एनसेलले गुर्हायो अन्तराष्ट्रिय निकाय

बैशाख, १८ काठमाडौं – एनसेल नेपालले कर विवादको मुद्दालाई अन्तराष्ट्रियकरण गर्ने भएको छ । एनसेलले नेपाल सरकारले निर्धारण गरेको करका विरुद्ध अन्तर्रा्ष्ट्रिय आर्बिट्रेसन निकायमा जाने भएको हो । विश्व बैंक समूह अन्तरगतको कर तथा लगानी सम्बन्धी विवाद हेर्ने निकायमा जाने तयारी गरेको एनसेलले नेपाल सरकारलाई विपक्षी बनाएको छ ।

सार्वजनिक भएको विवरणअनुसार एनसेलले नेपालले संयुक्त अधिराज्ज (बेलायत) उत्तरी आयरल्यान्डसँग २, मार्च १९९३ मा गरेको दुईपक्षीय लगानी प्रवर्द्धन तथा सुरक्षण सन्धिको उलंघन गरेको दावी गरेको छ ।

ठूला करदाता कार्यालयले बिलम्ब शुल्कसहित ६२ अर्ब ३६ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ लाभकर निर्धारण गर्दै बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ सात दिन (१० वैशाख) भित्र तिर्न पत्र काटेको थियो । तर सर्वोच्चको अन्तरिम आदेशपछि रोकिएको छ ।

एनसेलले भने अब १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६ सय रुपैयाँ मात्र लाभकर तिर्न बाँकी रहेको दाबी गर्दै आएको छ ।