महानगरीय प्रहरीले १८६ स्थानमा नाइटभिजन सिसिक्यामेरा जडान गर्ने

बैशाख, १८ काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौँले १८६ स्थानमा सिसिक्यामेरा जडान गर्ने भएको छ । महानगरपालिकाको सहयोगमा परिसरले नगरक्षेत्रका मुख्य चोक, करिडोर तथा अपराधिक र दुर्घटना जोखिमयुक्त स्थानमा सिसिक्यामेरा जडान गर्ने भएको हो ।
प्रहरी र महानगरका प्रतिनिधि सम्मिलित योजना कार्यान्वयनका लागि बनेका समितिले अहिले सिसिक्यामेरा जडान गरिने स्थानको पहिचान गरिसकेको छ ।