बैशाख १७, काठमाडौं – प्रदेश नम्बर १ को सम्पर्क राजधानी धनकुटा तोकिएको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटालाई प्रदेश राजधानी तोक्ने निर्णय गरेको हो ।
यसैबीच प्रदेशको नाम र राजधानीका बारेमा छलफल गर्न बुधबारदेखि नेकपा संसदीय दलको बैठक बोलाईएको छ ।
प्रदेश १ को सम्पर्क राजधानी धनकुटा रहने
