सिसडोल ल्याण्डफिल साइट फेरि बन्द, फोहोर व्यवस्थापनमा कठिनाई

बैशाख, १७ काठमाडौं — ससडोल नजिक कागती गाउँमा एकसातादेखि बिग्रिएको ट्रान्समिटर तत्काल बनाउनुपर्ने माग गर्दैं स्थानीयले सोमबार विहानदेखि सिसडोल ल्याण्डफिल साइटमा फोहोर ढुवानी बन्द गरेका छन् ।

करिब ५ सय ६० घर परिवार रहेको वलामी गाउँमा बत्ती नबलेपछि आक्रोशित स्थानीयले उपत्यकाका १८ स्थानीय निकायको फोहोर ढुवानी ठप्प पारेका हुन् । कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरीकुमार श्रेष्ठले स्थानीयले महानगरपालिकासंग असम्बन्धीत माग राखेर दुःख दिएको बताएका छन् ।