बैशाख, १४ काठमाडौं — क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न भएको अरोपमा दुई विदेशीसहित दाङको घोराहीबाट बुधबार पाँच जना पक्राउ परेका छन् । अमेरिकी नागरिक सिनक्वान्टा ओलिएनमे, भारतीय नागरिक गौरव श्रीवास्वसहित पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र नेपालगञ्जका प्रमोद काफ्लेलाई प्रहरीले ठुलो मात्रामा क्रिस्चियन धर्म प्रचार सामग्रीसहित नियन्त्रणमा लिइएको छ ।