बैशाख १४, काठमाडौं — मट्टितेल छर्केर जिउँदै जलाइएकी सिराहकी १८ वर्षीया कञ्चनदेवी मण्डलको उपचारको क्रममा मृत्यु भएको छ । साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ ५ बजे मृत्यु भएको अस्पताललले जनाएको छ ।
घरायसी विवादमा श्रीमान बेचनले पेट्रोल छर्किएर आगो लगाएका थिए घटनामा सासुको समेत संलग्नता भएको बयान दिएपछि प्रहरीले सासुलाई नियन्त्रणा लिएको छ। कञ्चनाको ८५ प्रतिशत शरीर जलेको थियो । अस्पताल ढिला आइपुगेका कारण बचाउन नसकिएको अस्पतालले जनाएको छ ।