वैशाख ११, बाँके – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको आयोजनामा हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषदको बुधबारको बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मा गण्डकी प्रदेशलार्ई जिम्मा दिईने टुंगो लगाएको हो ।
गण्डकी प्रदेशले खेलकुदको कुम्भ २०७७ सालको फागुन २० देखि २७ गतेसम्म विभिन्न स्थानमा भव्यताका साथ सम्पन्न गर्नेगरी जिम्मा दिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुदा नै गण्डकी प्रदेशले आयोजना गर्ने दाबी गरेको थियो । तर प्रदेश पाँचले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशलाई दिने सहमति भएको थियो ।