बैशाख १०, काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि (बुधबार) देखि देशैभर राष्ट्रिय जनजागरण अभियान सुरू गर्ने भएको छ। कांग्रेसले यो वर्षभर नै जनजागरण अभियान गर्ने जनाएको छ । त्यसका लागि ७७ जिल्लामा केन्द्रीय सदस्य प्रतिनिधिको रूपमा खटिएका छन्।जागरण अभियानको काठमाडौंमा सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीन चरणमा हुने कार्यक्रम पुस १६ गते सकिने बताइएको छ ।
भोलीबाट कांग्रेसले देशभर जनजागरण अभियान सुरु गर्ने
