नेकपाको एकता, खै त समावेशीता ?

विर वहादुर नेपाली

बैशाष ९, काठमाडौं — हालै घोषित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला तहकोे अध्यक्ष, सचिवको नेतृत्व समावेशी नभएको गुनासो आएको छ ।

११ महिनादेखि मुर्त रूप पाउन नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एकता प्रक्रियाले लगाएको जिल्ला समितिका अध्यक्ष र सचिवको नेतृत्वको तह समावेशी नभएको गुनासो आएको हो ।

२००६ सालमा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेको दिवस पारेर नेकपाले घोषणा गरेको कार्यक्रम सबै जिल्लाका अध्यक्ष र सचिवको सूचीभित्र पुरूष र ब्राह्मण(क्षत्रीकै वर्चस्व हेको छ ।
७७ वटा जिल्लाका अध्यक्षहरुमा जम्मा तीनजना मात्र महिला रहेका छन्। तिनीहरुमा कवानपुरकी मनु सिग्देल, काभ्रेपलाञ्चोककी रूकु चौलागाई र लमजुङकी मधुमाया अधिकारी ७७ मध्ये पर्न सफल तीन महिला जिल्ला अध्यक्ष हुन्।

त्यसैगरी ७७ वटा जिल्ला सचिवमध्ये ईलामकी सोममाया राई र नवलपरासी (पश्चिम)की तुल्सी पासी सचिवमा केवल दुई जना मात्र महिला छनौट भएका हुन् ।

अध्यक्षतर्फ ५० र सचिवतर्फ ४३ जना ब्राह्मण(क्षत्री समुदायबाट छनौट भएका छन् । मधेसी समुदायबाट भने अध्यक्षमा ६ जना र सचिवमा ४ जना मात्र चयन भएका छन् ।

दलित, गुरूङ, थारू र थकाली समुदायबाट अध्यक्षमा एक एक जना मात्रै छन् । दलितबाट ५ जना सचिवका लागि चयन भएका छन् ।