(नेकपा) को ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लाग्यो

बैशाख ९, काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लागेको छ ।

नेकपा) को सचिवालय बैठकले तत्कालीन जिल्ला अध्यक्षलाई नै नेतृत्व दिने सहमति गरी ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

जिल्ला कमिटीमा तत्कालीन अध्यक्ष रहेकालाई नेतृत्वमा ल्याउने विषयमा शीर्ष नेताहरुबीच सहमति जुटेपछि जिल्ला नेतृत्वको भागबन्डा गर्दा पूर्वएमालेले ४५ र पूर्वमाओवादीले ३२ जिल्लाको नेतृत्व पाउने भएका छन् ।

पूर्वएमालेले अध्यक्ष पाएको जिल्लामा पूर्व माओवादी केन्द्रले सचिव र पूर्व माओवादी केन्द्रले अध्यक्ष पाएका जिल्लामा पूर्व एमालेले सचिवको जिम्मेवारी पाउने छन् । तर कुन जिल्लामा कसको नेतृत्व भन्ने कुरा सोमबार आज मात्रै सार्वजनिक गरिने भएको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सहभागी थिए ।

नेकपा जिल्ला अध्यक्ष र सचिवको नामावली