बैशाख ७, काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको अवलोकन गर्ने भएकी छन् ।
भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा आज दिउँसो २ बजेदेखि जिल्ला समन्वय समितिको परिषरमा आयोजना हुने नवदुर्गा नाचको अवलोकन गर्न राष्ट्रपति जाने सङ्घले जानकारी दिएको छ ।
कार्यक्रममा भक्तपुरको कला, संस्कृति, धार्मिक, परम्परा, बाजागाजा, झाँकीलगायतका विभिन्न प्रकारका सांस्कृतिक तथा मनोरञ्जनका कार्यक्रम समेत प्रस्तुत हुनेछ ।