बैशाख ७, काठमाडौं – निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश कुमार थपलिया नियुक्त भएका छन् ।
संवैधानिक परिषदबाट सिफारिस भई संसदीय सुनुवाइबाट अनुमोदन भएका थपलियालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रमुख आयुक्त नियुक्त गरेकी हुन्।
गत बुधबार दिउँसोको सुनुवाइपछि समितिले थपलियालाई सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो । थपलिया प्रमुख आयुक्त सिफारिस हुनुअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थिए।