बैशाष ६, काठमाडौं — प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई ठगी गरेको आरोपमा पक्राउ परेका छन् । विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा उनलाई ललितपुरस्थित पुल्चोकबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई तीन महिनाको प्रयासपछि पक्राउ गरिएको छ ।
उनले काठमाडौंकी १२ कक्षामा अध्ययनरत एक किशोरीलाई विवाह गरेर अमेरिका लगिदिने प्रलोभनमा ४२ लाख रुपैयाँ असुलेका थिए । प्रहरीका अनुसार छोरी अमेरिका जाने प्रलोभनमा परेपछि अभिभावकले घर बैंकमा राखेर ४२ लाख रुपैयाँ जम्मा गरेका थिए ।
पैसा कुम्ल्याएर भागेपछि किशोरी र उनका अभिभावकले ठगिएको महसुस गरेका थिए । पक्राउ गरिएका खड्क ाविरुद्ध ठगी र जबर्जस्ती करणी मुद्दा लगाइएको महानगसरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी बोगटीले बताए ।